बुढासुब्बा गोल्डकप फुटबलः धरान फुटबल क्लब सेमीफाइनलमा

Thankot Times

थानकोट ।

आयोजक धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा हिजोदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार टाइ–ब्रेकरमा धरानले ४–२ गोल अन्तरले भारतको कालेबुङको जर्जियन क्लबलाई पराजित गरेको हो ।

जितसँगै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

टाइ–ब्रेकरमा धरानका विवेक राई, राज लिम्बू, प्रज्वल थापा र नगेन राईले गोल गरे ।

पाहुना टोली जर्जियनका सरद मुन्डा र सेइजाले गोल गरेका थिए । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइ–ब्रेकरमार्फत गरिएको थियो ।

प्रतियोगितामा आज शुक्रबार झापा–११ र रोयल थिम्पु (भुटान) बीच प्रतिस्पर्धा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *