वरिष्ठ कलाकार सुनिल थापाको निधन

Thankot Times

थानकोट ।

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो ।

त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सोही अस्पतालमा निधन भएको हो ।

यसबारे कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ । नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।’

कलाकार थापाले सयौँ नेपाली चलचित्रमा अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ