१९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै

Thankot Times

थानकोट ।

पोखरामा चलिरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज भारत र बङ्गलादेशले खेल्दैछन् ।

फाइनल खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

गएको माघ १७ गतेदेखि ‘राउन्ड रोबिन लिग’ का आधारमा सञ्चालन भएको प्रतियोगितामा साविक विजेता बङ्गलादेश लिगका तीनवटै खेल जितेर नौ अङ्कसहित शीर्षस्थानमा रहेर फाइनलमा पुगेको हो ।

भारतले दुई जित र एक हारसहित छ अङ्कसहित लिगको उपविजेताका रुपमा फाइनल खेल्न लागेको हो ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा काठमाण्डौ बाहिर पोखरामा पहिलो पटक प्रतियोगिता भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *