ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३६ वर्षीय युवाको ज्यान गयो

Thankot Times

थानकोट ।

ललितपुरको महालक्ष्मी नगरपालिका-७ लुभु नरकटेमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

प्रहरीका अनुसार प्रदेश ३-०२-००१ प ३९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम देउमाई नगरपालिका-४ मंगलबारे घर भएका ३६ वर्षीय  टिकाराम राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *