आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
थानकोट ।
देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।
केही भू-भागमा हिमापात पनि हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
राति तराई भू-भागका थोरै स्थानमा हुस्सु रहने विभागको भनाइ छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।
बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
















