कीर्तिपुरबाट समातिए विकाश, लाग्यो यस्तो जघन्य अभियोग
थानकोट ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवा समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कीर्तिपुर नगरपालिका-१० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















