आज अपरान्ह ४ बजेपछि चन्द्रागिरि केबलकारको टिकटमा ५० प्रतिशत छुट, साँझ महाआरती हुने

Thankot Times

थानकोट ।

महाशिवरात्री पर्वका अवसरमा चन्द्रागिरि केबलकारको टिकटमा आज अपरान्हपछि ५० प्रतिशत छुट हुने भएको छ ।

अपरान्ह ४ बजेपछि हुने केबलकारको टिकट खरिदमा ५० प्रतिशत छुट पाइने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भालेश्वरस्थित महादेव मन्दिरका पुजारी विदुर न्याैपानेले दिएको जानकारी अनुसार महाशिवरात्रीको साँझ ५ बजे मन्दिर परिसरमा विशेष आरतीसमेत आयोजना हुनेछ ।

सो अघि चन्द्रागिरिस्थित भालेश्वर मन्दिर परिसरमा पोखराको चर्चित युवा भजन समूहको उपस्थितिमा महाशिवरात्रि भजन उत्सव आयोजना हुने चन्द्रागिरि हिल्सले जनाएको छ । सो क्रममा उत्तम बराल र जुपिटर पौडेलसहितको समूहले भजन प्रस्तुत गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *