गगन थापाबारे माग्ने बुढाको व्यंग्य- बाठो मान्छे सर्लाही पुगिसक्यो, थानकोट कटाउने भन्छन् !
थानकोट ।
कलाकार केदारप्रसाद घिमिरेले नेपाली कांग्रेसका सभापति गगन थापालाई इंगित गर्दै सर्लाही पुगेको मान्छेलाई थानकोट कटाउने भनेर कराइरहेको भन्दै व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिमिरेले त्यस्तो व्यंग्य गरेका हुन् ।
पुरानो चलनकै निरन्तरताको रुपमा नेपालमा सेना दिवसको दिन परेड खेलेका अमेरिकी सेनाको तस्वीर र भिडियो सार्वजनिक गरेर गगनलाई ‘थानकोट कटाउन’ भन्दै सामाजिक सञ्जालमा बहस भएपछि घिमिरेले यस्तो लेखेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाठो मान्छे थानकोट काटेर, चितवन काटेर, हेटौँडा काटेर, पथलैया काटेर, आफैँ सर्लाही पुगिसक्यो, सोझो मान्छे चैँ ‘त्यसलाई थानकोट कटाउनुपर्छ’ भनेर उफ्रिरा’छ ।’
उनले गगनको नाम भने लिएका छैनन् । तर, गगनले संसदमा ‘अमेरिकी सेना आए मलाई चारपाटा मोडेर थानकोट कटाउन’ भनेको विषयलाई संकेत गरेका छन् ।
उनले गगनको नाम भने लिएका छैनन् । तर, गगनले संसदमा ‘अमेरिकी सेना आए मलाई चारपाटा मोडेर थानकोट कटाउन’ भनेको विषयलाई संकेत गरेका छन् ।

















