चन्द्रागिरिमा अपेन मिनी च्याम्प्स सम्पन्न, १८ विद्यालयका ३६० जना विद्यार्थी एकै मञ्चमा

Thankot Times

थानकोट ।

मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन अपेनको आयोजनामा बिहीबार (फागुन ०७) मिनी च्याम्प्स सम्पन्न भएको छ ।

कार्यक्रमका दाैरान सहभागी विद्यालयमा अध्ययनरत ३ देखी ६ वर्ष उमेर समुहका विद्यार्थीहरूबीच विविध खेलको प्रदर्शनी, मार्चपास, नृत्य लगायत प्रदर्शनी भएको थियो ।

चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टस्थित ब्राइन्ट एन्जल्स स्कुलमा आयोजित कार्यक्रममा अपेनसँग आबद्ध १८ विद्यालयका करिब ३६० जना बालबालिकाले सहभागिता जनाएको अपेन चन्द्रागिरि नगर कमिटि अध्यक्ष रितु शर्मा पाैडेलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अपेन केन्द्रीय कमिटि उपाध्यक्ष रिता घिमिरे तिमल्सिनाले समान सेवा दिने संस्थाहरूको सामुहिकताका लागि अपेनको अवधारणा अघि बढाइएको धारणा राखिन् ।

कार्यक्रमले पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच विविध खेल सिकाइ तथा अन्य समकक्षी विद्यार्थीहरूसँग आपसी भाइचारा स्थापित गर्न सहयोग गरेको अपेन चन्द्रागिरि नगर कमिटिले जनाएको छ ।

गतवर्ष चन्द्रागिरि नगरमा विस्तार भएको सो संस्थाको चन्द्रागिरि कमिटिमा हाल विभिन्न १८ विद्यालयले सदस्यता लिएका छन् ।

यससँग सम्बन्धित तस्बिर तथा भिडियो सामाग्री हेराैंः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *