आजको माैसमः तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ ।

दिउँसो देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।

पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भू-भागका थोरै स्थानमा तुँवालो रहने बताएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।    

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *