नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय फुटबल खेल्ने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले थाइल्यान्डमा फिफा सिरिज २०२६ अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी अप्रिलमा राष्ट्रिय महिला टिमलले फिफा सिरिज २०२६ अन्तर्गत  मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको जनाएको हो ।

एन्फाका अनुसार, सिरिजमा नेपालसँगै गणतन्त्र कंगो, थाइल्यान्ड र ओसियाना फुटबल महासंघ (ओएफसी) को एक टिम सहभागि हुनेछन् ।

सिरिजको पहिलो खेलमा नेपालले गणतन्त्र कंगोसँग अप्रिल १२ मा खेल्ने तालिका छ ।

यही दिन हुने दोस्रो खेलमा ओएफसीको एक टिम र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यसपछि अप्रिल १५ मा पहिलो र दोस्रो खेलको विजेताले प्रतिस्पर्धा गर्नेछ । र, अप्रिल १५ मै हुने अन्तिम खेलमा पहिलो र दोस्रो खेलमा पराजित भएका टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिजका सबै खेल थाइल्यान्डको रित्चाबुरी रंगशालामा हुनेछ ।

नेपालले यसअघि इन्डोनेसिया र भारत समीलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *