नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने

Thankot Times

थानकोट ।

नेपालले आगामी चैत १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले चैत ४ मा नेपाल र हङकङले मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको जनाएको हो ।

एन्फाका अनुसार खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपालले हालसम्म हङकङसँग दुईपटक प्रतिस्पर्धा गरेको छ ।

नेपालले एएफसी एसियन कप अन्तर्गत सन् १९९८ को मे २५ मा र सन् २०२५ को जुन ५ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको हो । यी दुई खेल गोलरहित बराबरीमा समाप्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ