साफ यू-२० च्याम्पियनसिपका लागि ३० सदस्यीय नेपाली प्रारम्भिक टोली घोषणा

Thankot Times

थानकोट ।

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने प्रारम्भिक नेपाली टिमबाट खेलाडीको संख्या घटाइएको छ ।

बुधबार (फागुन १३) राष्ट्रिय यू–२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगिताका निम्ति १० खेलाडी हटाउँदै ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबारै खेलाडीको नामावली सार्वजनिक गरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा आउँदो मार्च २३ देखि अप्रिल ४ सम्म साफ यू–२० च्याम्पियनसिप आयोजना गर्दै छ ।

प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ ।

प्रारम्भिक राष्ट्रिय टिम
अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनायक थारु, दर्शन अधिकारी, धर्मेन्द्र कुँवर, गणेश पुलामीमगर, जोन विष्ट, करण तामाङ, कृष थापामगर, कृष्णबहादुर आले, निशानराज लवत, पवन पाख्रिन, पेम्बा नोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रन्जित लामा, रोहन मोक्तान, रोहित श्रेष्ठ, रोशन तामाङ, सविनकुमार लुगेंलीमगर, सविन राई, समीर थापा, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत, सुजन डंगोल र उपेन्द्र ल्वागुण ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ