डलर साटिदिन्छु भन्दै नैकापका पुरुषले नागार्जुन जंगलमा बोलाएपछि….

Thankot Times

थानकोट ।

सक्कली डलर देखाएर नक्कली डलर दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका- ६ घर भएका ५१ वर्षी को देवबहादुर तामाङ रहेका छन् ।

तामाङले बुधबार दिउँसो २ बजे काठमाडौंको नागार्जुन नगरपालिका- ७ रत्नराज्य स्कूल नजिकै पछाडिको जंगलमा डलर साटी दिन्छु भन्दै पटक पटक फोन गरी बोलाइरहेका थिए ।

उनले पसलेहरूलाई फोन गरेर डलर साटिदिने भन्दै प्रलोभन देखाएर डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गरेका थिए ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापस्थित डेरा कोठामा खानतलासी गर्दा फेला परेको रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनको साथबाट प्रहरीले अमेरिकी डलर ५० को ५, अमेरिकी डलर १ को ७०७ थान र डलरकै साइजमा काटिएको कागजको ६ थान बिटा बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको परिसरका एसपी पवन भट्टराईले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ