आईसीसी टी-२० विश्वकप क्रिकेटः दक्षिण अफ्रिका सेमीफाइनलमा, वेस्ट इण्डिज र भारतको सम्भावना कायमै

Thankot Times

थानकोट ।

भारत र श्रीलंकामा जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गत दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकालेको छ ।

बिहीबार सम्पन्न दिनको पहिलो खेलमा अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराएको हो । यो जितसँगै दक्षिण अफ्रिकाको सेमिफाइनलमा पुगेको छ ।

वेस्ट इन्डिजले बनाएको १७७ रनको लक्ष्य अफ्रिकाले १६.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ । बिहीबार बेलुकी चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो ।

पराजित भएसँगै जिम्बाबे एक खेलअगावै विश्वकपबाट बाहिरिएको छ ।

भारतले दिएको २ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनमा समेटियो ।

भारतले अब वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । यो खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

विश्वकप क्रिकेटमा आज इंग्याण्ड र न्युजिल्याण्ड खेल्नेछन् । यो खेल बेलुकी सवा ७ बजे श्रीलंकामा हुनेछ ।

तस्बिरः गेटी इमेजेज्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ