फागुन २० र २१ गते मनकामना केबलकार सेवा बन्द रहने
थानकोट ।
मनकामना केबलकारको सेवा यहि फागुन २० र २१ गते स्थगित रहने भएको छ ।
मनकामना केबलकारको प्रवर्द्धक मनकामना केबलकार कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फागुन २० गते बुधबार र फागुन २१ गते बिहीबार केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो ।
फागुन २२ शुक्रबारबाट केबलकारको सेवा पुन: सञ्चालन हुने पनि कम्पनीले जनाएको छ ।
फागुन २१ गते बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ ।

















