आईसिसी क्रिकेट विश्वकप लिग-२ का लागि क्यानले २० खेलाडी बोलायो बन्द प्रशिक्षणमा

Thankot Times

थानकोट ।

आईसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानी तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको उप-कप्तानमा घोषणा गरिएको यस टोलीमा अनुभवी खेलाडीहरूसँगै केही युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ।

बोलाइएका खेलाडीहरूमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ