जनकपुर-जयनगर रेल सेवा तीन दिन बन्द हुने
थानकोट ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले प्रतिनिधि सभा सदस्य चुनावलाई लक्षित गर्दै जनकपुर-जयनगर खण्डमा सञ्चालन हुँदै आएको रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयले निकालेको सूचनाअनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा शान्तिसुरक्षा प्रत्याभूति गराउने उद्देश्यले १९ गते मङ्गलबारदेखि २१ गते बिहीबारसम्म तीन दिन भङ्गाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित रेल सेवा बन्द रहनेछ ।
फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित रेल सेवा सञ्चालनमा आउने सूचनामा उल्लेख छ ।
रेल सेवा बन्द रहने अवधिमा यात्रुलाई वैकल्पिक यातायातको व्यवस्था गर्न कम्पनीले अनुरोध गरेको छ ।

















