दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति

Thankot Times

थानकोट ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ ।

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न हिरासतमा राखिएको हो ।

प्रसाईंलाई आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । यसअघि पनि उनी ४ फागुनमा काठमाडौंमा पक्राउ परेका थिए र १३ फागुनमा रिहा भएका थिए ।

उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रसाईंले पछिल्लो समय चुनाव नहुने अभिव्यक्ति दिँदै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *