आगामी २४ घण्टाको मौसम पूर्वानुमान जान्नुहोस्

Thankot Times

थानकोट ।

देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।

तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भू-भागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणालीको प्रभाव रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *