काठमाडाैं क्षेत्र नं. १० मा यी उम्मेदवार जसले १० भोट पनि पाएनन्

Thankot Times

थानकोट

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० मा उम्मेदवारी दिएकामध्ये ५ जनाले दश मत कटाउन सकेनन्।

यहाँ स्वतन्त्र र राजनीतिक दलका गरी २५ जनाले उमेदवारी दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार माजनता समाजवादी पार्टी नेपालका भागरीत साहले ८ भोट पाएका छन् । स्वतन्त्र उमेदवार अनुज प्रधानले ९, स्वतन्त्र उमेदवार कुमार खाकी श्रेष्ठले ७, कृष्णकुमारी नेपालीले ७, मिन बहादुर बुढाथोकीले ४, सुलोचना परियारले ६ भोट प्राप्त गरिन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्टले ३७ हजार ४ सय ६९ मत पाउँदै विजेता बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी हिमाल कार्कीले ८ हजार १ सय मत पाएका थिए । नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८ सय ६४ मत पाउँदा नेकपाकी रूपा महर्जनले २६४८ मत पाइन । राप्रपाका बलराम थापाले २२३९ मत पाउँदा उज्यालो नेपाल पार्टीका राकेश न्याैपानेले ९२७ मत पाए ।

कुल मतदाता संख्या ८३३०१ रहेको काठमाडाैं क्षेत्र नं. १० मा खसेको ६०१५१ मत मध्ये ५८०५८ मत सदर भएको थियो । २०९३ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदर मतको १० प्रतिशत अर्थात ५८०६ मत प्राप्त नगरेका २३ जना उमेदवारले यस क्षेत्रमा जमानत गुमाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ