कलंकीमा स्कुटर दुर्घटना, धादिङ निवासी महिलाको ज्यान गयो

Thankot Times

थानकोट ।

कलंकीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारस्थित सडकमा बा.३५ प ९०४० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ललितपुर गोदावरी बस्ने धादिङ घर भएकी ३२ वर्षीया सिर्जना आले मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *