सहिद स्मारक एन्फा महिला लिग : नेपाल आर्मी क्लबको सुखद् सुरुआत

Thankot Times

थानकोट ।

विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहिद स्मारक एन्फा महिला लिगमा सुखद् सुरुआत गरेको छ ।

लिगअन्तर्गत ललितपुरस्थित च्यासल रंगशालामा बुधबार सम्पन्न पहिलो खेलमा आर्मीले झापा एफसीलाई ५–० ले पराजित गरेको हो ।

आर्मीको जितमा अञ्जना थुलुङ राईले दुई गोल गरिन् । दीपा शाही, हिमा चौधरी र तुलसा बोहराले पनि समान एक गोल गरे । आर्मीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५७औँ मिनेटमा दिपाले आर्मीलाई अग्रता दिलाइन् । ६८औँ मिनेटमा हिमाले अग्रतालाई दोब्बर बनाइन् । ८६औँ मिनेटमा अञ्जनाले गोल गर्दै अग्रतालाई ३–० को स्थितिमा पुर्‍याइन् । इन्जुरी समयमा उनै अञ्जनाले दोस्रो व्यक्तिगत गोल गरेपछि टोलीले झापाविरुद्ध ४–० को स्पष्ट अग्रता बनाएको थियो ।

इन्जुरी समयमा तुलसाले पाँचौँ गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी हुन् ।

जितसँगै आर्मीले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *