‘स्थानीय स्वायत्तता प्राकृतिक दोहन र अवैध असुलीको लाइसेन्स होइन’- सांसद् आशिका तामाङ

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व)पा सांसद आशिका तामाङले स्थानीय स्वायत्तता ‘प्राकृतिक दोहन र अवैध असुलीको लाइसेन्स’ नभएकाे बताएकी छन् ।

धादिङका १३ स्थानीय तहले सार्वजनिक गरेको संयुक्त वक्तव्यको शुक्रबार फेसबुकबाट प्रतिवाद गर्दै आशिकाले आफ्नो धारणा पनि दिएकी छन् ।

‘​धादिङका १३ वटै स्थानीय सरकारका प्रमुख–अध्यक्ष ज्यूहरूले हालै जारी गर्नुभएको संयुक्त विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेकी छन्, ‘विज्ञप्तिमा संविधानको धारा २३२ (१) को हवाला दिँदै सहकारिता र समन्वयको कुरा गरिएको छ ।  तर विडम्बना ! समन्वयको नाममा प्रचलित कानुन र सम्मानित सर्वोच्च अदालतको आदेशलाई भने ठाडो चुनौती दिने काम भएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *