दीपेन्द्रसिंह ऐरी पनि ईयू टी-२० लिगमा
थानकोट ।
बेल्जियमको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ईयू ट्वान्टी–२० लिगमा नेपाली राष्ट्रिय टोलीका मुख्य खेलाडी दीपेन्द्रसिंह ऐरी आबद्ध भएका छन् ।
ऐरीलाई टिममा अनुबन्ध गरिएको जेबी ब्रुग्सले जनाएको छ ।
जेबी ब्रुग्स नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्समा आबद्ध रहेको ड्रिम स्पोट्र्स स्वामित्वको टोली हो ।
दीपेन्द्र यसअघि यूएईको आईएल टी–२० मा गल्फ जायन्ट, पाकिस्तानको पीएसएलमा इस्लामाबाद युनाइटेड र क्यानडा लिगमा भ्यान्कुबर नाइट्समा आबद्ध भइसकेका छन् ।
ड्रिम स्पोट्र्सका मालिकमध्येका एक उत्सव सिग्देलले दीपेन्द्रलाई आफ्नो टोलीमा ल्याउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले अरू क्लबमा नेपाली खेलाडीलाई आबद्ध गराउन निरन्तर प्रयास गरिरहेको पनि बताए ।















