थप २६३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार १६५ जनाको कोरोना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार एक हजार ३९९ जनाको पिसिआर र एक हजार ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

सो परीक्षण गर्दा १६२ जनाको पिसिआर र १०१ जनाको एन्टिजेन विधिबाट संक्रमण देखाएको हो। योसँगै देशभर पाँच हजार ४३४ जना सक्रिय संक्रमित छन्।

यस्तै शनिबार ५०१ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *