प्रधानमन्त्री कप क्रिकेट: वर्षाका कारण कर्णाली-लुम्बिनी खेल रोकियो

Thankot Times

थानकोट ।

वीरगञ्जस्थित नारायणी रंगशालामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ। लुम्बिनीले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो।

खेल रोकिँदा कर्णालीले ७ ओभरमा २० रन बनाएको थियो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ र सुनिल धमला ७ रनमा क्रिजमा थिए।

लुम्बिनीका बलर सन्देश थापाले ४ ओभरमा १२ रन खर्चे भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन मात्र दिए।

प्रतियोगिता मधेश प्रदेश र काठमाडौंको मुलपानी मैदानमा सञ्चालन हुँदैछ।

१० टोलीले प्रतिस्पर्धा गरिरहेका यस संस्करणको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *