विश्व पानी दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

Thankot Times

थानकोट ।

विश्व पानी दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ ।

‘लैङ्गिक समानताका लागि पानीको महत्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित साेही दिवस मनाइने भएकाे हाे। जलाधार क्षेत्रको संरक्षण तथा स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वकाे बारेमा सर्वसाधारणमा चेतना जगाउन सरकारी निकाय र विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरि पानी दिवस बनाउने गर्दछन् । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभर उपलब्ध पानीमध्ये २ दशमलव ५ प्रतिशतमात्र पिउनयोग्य छ ।

मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको हाे । नेपालको हकमा प्रतिव्यक्ति कूल जलस्रोत उपभोग क्षमता तीन हजार ६ सय घनमिटर पर्न आउँछ । तर हाम्रो देशमा हालसम्मको उपभोग दर करिब ४ सय घनमिटर छ । संसारभरी १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको छ ।

औद्योगिक राष्ट्रहरुको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । साेही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शुभकामना सन्देश जारी गर्दै खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *