भागवत गीता किन्न नैकाप भञ्ज्याङ हिँडेका हरिप्रसाद सम्पर्कविहिन, खोजीका लागि अपिल

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी क्षेत्रबाट भागवत गीता किताब किन्न नैकाप भञ्ज्याङ हिँडेका एकजना ज्येष्ठ नागरिक आइतबार साँझदेखि सम्पर्कविहिन भएका छन् ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका वडाध्यक्ष घनश्याम लुँइटेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् ।

उनका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं १५ विष्णुदेवी नजिक बस्ने कमल नेपालका पिता हरि प्रसाद नेपाल (वर्ष ८५) हिजो बेलुका नैकाप भन्ज्याङ जाने क्रममा थिए ।

उनी अझै घर फिरेका छैनन् ।

वडाध्यक्ष लुँइटेलले ज्येष्ठ नागरिक नेपाल कतै देखिएमा ९८५७०५१८०२ वा ९८४७०२५०१४ वा नजिकको प्रहरीलाई सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् । 

अपडेट 

हरि प्रसाद नेपाल परिवारको सम्पर्कमा आएका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *