धादिङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गल्छी गाउँपालिका-२, भुतिया बस्ने ५६ वर्षीय खड्गप्रसाद खतिवडा छन् ।
दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गजुरीबाट गल्छीतर्फ आउँदै गरेको बा ७२ प ६९४८ नम्बरको मोटरसाइकल आइतबार राति अनियन्त्रित भई बिग्रिएर रोकेर राखेको ना ६ ख ३१०६ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।















