आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय टोली घोषणा
थानकोट ।
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय टोली सार्वजनिक भएको छ ।
बुधबार (चैत ११) राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हर्शल पाठकले प्रतियोगिताको निम्ति २९ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नै खेलाडीहरूको नामावली सार्वजनिक गरेका हुन् ।

प्रतियोगिता रावान्डामा आगामी अप्रिलदेखि सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।
यस्तो प्रारम्भिक राष्ट्रिय टोली
इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री, सीताराना मगर, विन्दु रावल, सम्झना खड्का, रुबी पोडार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सीमाना केसी, राजमती ऐरि, मनीषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, साना प्रविण, खुशी डंगोल, सुधा धामी, किरण कुँवर, लक्ष्मी साउद, अलिशा यादव, तृष्णा विके, कुसुम गोडार, यशोधा विष्ट, अञ्जी पाठक, रमा बुढाथोकी















