फिफा सिरिज खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
थानकोट।
थाइल्यान्डमा हुने चार देश सम्मीलित फिफा सिरिज खेल्ने प्रराम्भिक नेपाली राष्ट्रिय महिला फुटबल घोषणा भएको छ ।
बुधबार नविन न्यौपानेले सिरिजको निम्ति ३२ सदस्यीय प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार नै खेलाडीहरूको नामवाली सार्वजनिक गरेको छ ।
नेपालले मार्च विन्डोअन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ ।
प्रतियोगितामा नेपालसँगै गणतन्त्र कोंगो, न्यु कालेडोनिया र थाइल्यान्डको सहभागिता रहेको छ ।















