साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित
थानकोट ।
साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई १-० गोलले हराएको हो।
नेपालको जितमा सुवास बमले पहिलो हाफमा गोल गरेका थिए।
यसअघि नेपालले सोमबार पहिलो खेलमा भुटानमाथि २-१ गोलको जित निकालेको थियो।
त्यतिबेला पनि सुवासले दोस्रो गोल गरेका थिए।
अब नेपालले अन्तिम खेलमा शुक्रबार मालदिभ्ससँग खेल्नेछ।
समूहको शीर्ष दुईमा परे नेपाल सेमिफाइनलमा पुग्नेछ।
तस्बिरः साफ च्याम्पियनसीप















