एन्फाको चुनाव स्थगित

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार आफ्नो चुनावी कार्यक्रम स्थगित गरेको छ ।

एन्फाको झाफामा शुक्रबार चुनाव गर्ने कार्यत्रम थियो ।

एन्फाको निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी गर्दै चुनाव स्थगित भएको जनाएको हो ।

उसले भनेको छ, ‘अखिल नेपाल फुटबल संघलाई राष्ट्रिय खेलकुद परिषद्ले चैत ११ मा तीन महिनासम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालयमार्फत यस निर्वाचन समितिलाई चैत १२ मा प्राप्त भएकाले १३ चैतका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’

एन्फाले अर्लि इलेक्सनको घोषणा गरेपछि त्यो विवादमा परेको थियो ।

यसअघि बुधबार राखेपले एन्फालाई आफ्नो निर्देशन बेवास्ता गरेको आरोपमा तीन महिनाका लागि निलम्बन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *