साफ यू- २० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमीफाइनलमा

Thankot Times

थानकोट ।

नेपाल समूह विजेताका रूपमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले शुक्रबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा घरेलु माल्दिभ्सलाई १–१ को बराबरीमा रोक्याे। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपालका लागि निशानराज लावत तथा माल्दिभ्सका लागि कप्तान मोहम्मद इम्रानले १–१ गोल गरे ।

खेलको १५औँ मिनेटमा इम्रानको गोलमार्फत माल्दिभ्सले अग्रता लिएको थियो । तर, टोलीले खेलको अन्त्यतिर त्यसलाई जोगाउन सकेन ।

निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा निशानले नेपालका लागि बराबरी गोल फर्काए । उनले सुवास बमको फ्रिकिक निशानलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यो नतिजासँगै नेपालले ३ खेलमा ७ अंक जोडेको छ ।

माल्भ्सिको समान खेलबकाट २ अंक रह्यो । यसअघि नेपालले भुटान र श्रीलंकालाई हराएको थियो ।

यता, श्रीलंकासँग हार व्यहोरेको माल्दिभ्सले भुटानसँग बराबरी खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ