बरखी बारिरहेका छन पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक
थानकोट ।
भदाै २३ र २४ गते घटेको घटनाका बारेमा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री शुसीला कार्कीको क्याबिनेटले गठन गरेको आयोगले बुझाएको प्रतिवदेनको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृह मन्त्री रमेश लेखक शनिबार बिहान पक्राउ परेका छन् ।
ओली भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखक भक्तपुरको कटुन्जेस्थित निबासबाट पक्राउ परेका हुन् । अहिले प्रहरीले दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडाैं ल्याएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बाबुको बरखी बारिरहेका छन् भने तत्कालीन गृह मन्त्री रमेश लेखक आमाको बरखी बारिरहेका छन् ।















