ढुङ्गाअड्डामा बसले मोटरसाइकललाई ठक्कर दिँदा बलम्बुका पुरुषको ज्यान गयो

Thankot Times

थानकोट ।

ढुङ्गाअड्डामा शुक्रबार साँझ बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका-१२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटी गम्भीर घाइते भएका थिए । उनको अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ