एएफसी एसियन कप छनोट: आज नेपाल र लाओसबीच खेल हुँदै

Thankot Times

थानकोट ।

नेपाल नेपालले एएफसी एसियन कप छनोटको अन्तिम खेलमा आज लाओसको सामना गर्दैछ ।

खेल लाओस राष्ट्रिय रंगशालामा स्थानिय समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन् ।

दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन् ।

त्यसैले दुवै टोली जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छन् ।

नेपालका प्रशिक्षक गुग्लिमो एरेना जित्नैका लागि मैदान उत्रिने बताउँछन् । ‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं । मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु’ एरेनाले खेलअघिको पोस्ट म्याच कन्फिरेन्समा भनेका थिए, ‘लाओस राम्रो टोली हो । तर, हामी जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं ।’

ऐरेनाले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका छन् ।

हालसम्म नेपाल र लाओसबीच ७ खेल भएका छन् । जसमा नेपालले तीन र लाओसले १ खेल आफ्नो पक्षमा पार्दा तीन खेल बराबरीमा सकिएको छ । ए

एफसी कप छनोट अन्तर्गत गत वर्ष भएको पछिल्लो भेटमा नेपाल २–१ ले पराजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *