मातातिर्थमा भएको कुटपिट प्रकरणः ४ जना पक्राउ, भिडियो भाइरल, अनुसन्धानका लागि ५ दिन म्याद थप
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थमा मंगलबार दिउँसो भएको विवादका क्रममा एक व्यक्तिलाई हातपात र हेलमेटले प्रहार गरेको अभियोगमा पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार सो प्रकरणमा मंगलबार चार जना पक्राउ परेका छन र जिल्ला जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि बुधबार पाँच दिनको म्याद थप अनुमति लिइएको छ।
प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्दै आवश्यक अनुसन्धान प्रक्रियामा अघि बढाएको जनाएको छ।
यस घटनाको प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताइएको छ ।













