आज यो वर्षकै अन्तिम दिन, कस्तो रहला दिनभरको मौसम ?
थानकोट ।
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।
हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, सोमबार (चैत ३०) दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
राति, देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।













