चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित

Thankot Times

थानकोट ।

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी चयन भएका छन् ।

संघको शनिबार सम्पन्न १०औँ महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्धी जीवन पराजुलीलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम)मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला)तर्फ दीपज्योति थापा छानिएकी छन् ।

संघको महासचिवमा गोपी कृष्ण चापागाईं, सचिव पदमा मदन रिजाल छानिन सचिव (समावेशी)तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् । त्यसैगरी, कोषाध्यक्षमा मनिष अञ्जान, सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजय भए ।

संघको सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरू सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाईं, रतनबहादुर चन्द, युवर्ण पौडेल, दीपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ