स्थानीय तहको सिमाना र सङ्ख्या हेरफेरः चन्द्रागिरि नगर समेत समेटेर ‘काठमाडौँ मेट्रो सिटी’को अवधारणा

Thankot Times

थानकोट ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा झण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू पेश भएका छन् ।

मन्त्रालयमा पेश भएको प्रस्तावहरू समेत अध्ययन गरेर नेपाल नगरपालिका संघले दुई महिनाअघि अर्को छुट्टै प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको छ ।

अरु ९७ वटा प्रस्तावहरू विभिन्न समयमा स्थानीय तहबाट प्रदेश सरकार हुँदै मन्त्रालयमा पुगेका हुन् ।

नेपाल नगरपालिका संघको आफ्नो प्रतिवेदनमा देशभर वडा र स्थानीय तह गरी ८३ वटा वडाहरूमा सीमा, कार्यक्षेत्र र निकटताको समस्या रहेको उल्लेख छ ।

उसले ती ठाँउका किचलोहरू तत्काल व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।

नेपाल नगरपालिका संघले काठमाडौँ उपत्यकाका नगरपालिकाहरूबीचको भौगोलिक र आर्थिक अन्तर सम्बन्धलाई ख्याल गर्नुपर्ने भन्दै ‘उपत्यकाव्यापी संयन्त्र’ को रूपमा ‘काठमाडौँ मेट्रो सिटी’को अवधारणा कार्यान्वयन गर्न भनेको छ ।

अनलाइन खबरबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *