सशस्त्र प्रहरीमा ६ एसएसपी र ७ एसपी बढुवा सिफारिसमा
थानकोट ।
सशस्त्र प्रहरी बलका ६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।
सात जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। छ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएपछि रिक्त हुन आएको ६ पद तथा यसअघि नै रिक्त रहेको १ पदसमेत गरी कुल ७ पदमा बढुवाका लागि सिफारिस गरिएको हो।
सिफारिस सूचीमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश के.सी., प्रकाश कुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन्।














