थापाथलीको सुकुम्बासी बस्ती खाली भयो- प्रवक्ता पोखरेल

Thankot Times

थानकोट ।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका नेपाल सरकारका प्रवक्ता सस्मित खनालले थापाथलीस्थित सुकुम्बासी पूर्ण रूपमा खाली भएको औपचारिक जानकारी दिएका छन् ।

सचिवालयमार्फत उनले सूचना सम्प्रेषण गरेका छन्, ‘थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ ।

साथै, उनले त्यहाँका सुकुम्वासीहरूको बासस्थानबारे पनि जानकारी दिएका छन् ।

‘यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रंगशालामा लगिएको छ । बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारीसाधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *