चन्द्रागिरि क्षेत्रमा बिहानैदेखि छिटपुट वर्षा, दिउँसो के होला ?

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज (वैशाख १३) पनि वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।

राति, देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार, कोसी, मधेस, वागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *