सबेरैदेखि लाइनमा बस्न नपर्ने भन्दै समय व्यवस्थापन गरेर सेवा लिन यातायात कार्यालयको आग्रह

Thankot Times

थानकोट ।

ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई बिहान सबेरैदेखि लाइनमा बस्न नपर्ने भन्दै समय व्यवस्थापन गरेर सेवा लिन आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक सूचनामार्फत कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने जानकारी दिँदै कतिपय सेवाग्राही ७ वा ८ बजेदेखि नै बाहिर लाइनमा बस्ने गरेको उल्लेख गरेको छ।

हालको कार्य बोझका आधारमा त्यस्तो अवस्था आवश्यक नभएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दैनिक रूपमा करिब दिउँसो १ बजेसम्म अधिकांश सेवाग्राहीको काम सम्पन्न हुने र त्यसपछि चाप न्यून रहने गरेको छ।

सोमबारका दिन केही भिडभाड हुने भए पनि अन्य दिन तुलनात्मक रूपमा सहज अवस्था रहने जानकारी दिइएको छ।

बैंकिङ सेवा दिउँसो ४ बजेसम्म र कार्यालय सेवा साँझ ५ बजेसम्म उपलब्ध रहने भएकाले अनावश्यक भीड हुने समयभन्दा फरक समयमा उपस्थित भई सहज रूपमा सेवा लिन सेवाग्राहीलाई अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *