आज मंगलबारको मौसम कस्तो रहला ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशभर मंगलबार (वैशाख १५) वर्षाको पूर्वानुमान गरिएको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । “कोसी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।

विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

देशभर मंगलबार (वैशाख १५) वर्षाको पूर्वानुमान गरिएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानहरूमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै, मधेसलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरेको छ । “कोसी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना छ,” विभागले भनेको छ ।

विभागका अनुसार, दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *