रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, एक जना हाम फालेर जोगिए, उद्धार कार्य जारी

Thankot Times

थानकोट ।

रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

स्थानीय प्रशासनका अनुसार घटनास्थलमा उद्धार कार्य अझै जारी रहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी घनश्याम गौतमले दुर्घटनामा १७ जनाको ज्यान गएको पुष्टि गरेका छन्।

एक जना यात्रु भने हाम फालेर ज्यान जोगाउन सफल भएको जनाइएको छ।

रोल्पाको थवाङ गाउँपालिका-१ जलजलास्थित क्षेत्रमा रुकुम पूर्वबाट जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ८०० मिटर तल खसेको बताइएको छ।

घटनास्थलमा वर्षा भइरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र अन्य विवरण संकलन भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *