२ हजार १ सय ११ सवारी चालकमाथि सवारी नियम उल्लंघनको कारबाही
थानकोट ।
बितेका २४ घण्टामा दुई हजार १ सय ११ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा रु. पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक संकेत उल्लंघनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय २२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो ।










