स्थानीय चुनावका लागि रास्वपामा उम्मेदवार छान्न नयाँ रूपरेखा, विवाहमा कुनै विवाद नभएको घोषणा गर्नुपर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी यही वर्ष हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा तय गरेको छ।

रास्वपाले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड तोकेको छ ।

आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड निर्धारण गरेको हो ।

सो पार्टीले परम्परागत राजनीतिक दलहरूले अभ्यास गर्दै आएको बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै पूर्ण रूपमा लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने नीति रास्वपाले अघि सारेको हो।

उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्नेछ,’ उनले भने ।

पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा नेताको घरदैलो चाहार्ने र शक्तिकेन्द्रलाई रिझाउनेलाई नभई जनताको मन जित्ने र स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका व्यक्तिलाई मात्र चुनावमा उठाउने स्पष्ट पारिएको छ।

उम्मेदवार हुनले आफ्नो  पारिवारिक र वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनैपनि प्रकारको लुकाइएको वा विवादित अवस्था नरहेकत्र स्वघोषणा अनिवार्य गरिएको छ । यस्तै कुनैपनि प्रकारको डिजिटल दुर्व्यहारमा आफ्नो संलग्नता नरहेको स्पष्ट स्वोषणा गर्नुपर्ने सो रूपरेखामा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *